Categories समाचार

मोटरसाइकलमा लुकाइ ल्याउँदै गरेको ९ किलो भन्दा बढी गाँजासहित दुई जना पक्राउ

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

आज पर्साको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले चेकप्वाइन्ट स्थापना गरी सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता प्राप्त गरेको हो।

Advertisement

जाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका–५ सबैठवा निवासी अन्दाजी ४३ वर्षीय रबिन्द्र महतो सवार BR22U 1178 नम्बरको मोटरसाइकलको डिक्कीमा लुकाइछिपाई राखिएको करिब ५ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

त्यसैगरी, भारतको बेतिया जिल्ला बेहरा झुम्का–१४ निवासी अन्दाजी ३७ वर्षीय अशोक महतो सवार BR22A 5302 नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइछिपाई राखिएको करिब ४ किलो ३०० ग्राम गाँजा पनि फेला परेको छ।

बरामद गरिएको कुल ९ किलो ३०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित दुवै मोटरसाइकल, दुई थान मोबाइल फोन तथा भारतीय रुपैयाँ १ हजार ४५० समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *