Categories समाचार

सुरक्षा र सौन्दर्य एकसाथः मेयर सिंह र महानिरीक्षक अर्यालद्वारा सीमा क्षेत्र निरीक्षण

Advertisement

बिरगंज । बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त रूपमा बिरगंज–रक्सौलस्थित मितेरी पुल क्षेत्र वरिपरि भइरहेको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा नगर प्रमुख सिंहले सीमा क्षेत्र बिरगंजको पहिचानसँग जोडिएको महत्वपूर्ण स्थल भएकाले यसलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने कार्य महानगरपालिकाको प्राथमिकता रहेको बताए। उनले सुरक्षा निकाय, सामुदायिक संस्था र स्थानीय नागरिकको सहकार्यले मात्रै दीर्घकालीन सफलता सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

Advertisement

त्यस्तै, महानिरीक्षक अर्यालले नेपाल–भारत सीमा क्षेत्र संवेदनशील भएकाले यहाँ सौन्दर्यकरणसँगै सुरक्षा, सरसफाइ र वातावरणीय व्यवस्थापनलाई सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरे । उनलेे हरियाली प्रवर्द्धन र सार्वजनिक स्थानको संरक्षणले सीमा क्षेत्रमा सकारात्मक सन्देश जाने बताउँदै सम्बन्धित निकायलाई समन्वयमा काम गर्न निर्देशन दिए ।

Advertisement

बिरगंज महानगरपालिकाको आयोजनामा सञ्चालन गरिएको अभियानले बिरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्य लिएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *