Categories समाचार

प्रसौनी मानन्धर समाजद्वारा १०६ वर्षीय बालकृष्ण सम्मानित

वीरगञ्ज । प्रसौनी मानन्धर समाज, बाराले आज वीरगञ्ज महानगरपालिका–४ का स्थायी बासिन्दा १०६ वर्षीय बालकृष्ण मानन्धरलाई विशेष सम्मान गरेको छ। समाजका अध्यक्ष उमेश मानन्धरको नेतृत्वमा पुगेका प्रतिनिधिमण्डलले दीर्घायु, सामाजिक योगदान र प्रेरणादायी जीवनशैलीको कदर गर्दै उहाँलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पनि उपस्थिति रहेको थियो। नगर प्रमुख सिंहले बालकृष्ण मानन्धरलाई दीर्घायु समाजका अमूल्य धरोहरको रूपमा उल्लेख गर्दै उहाँबाट वर्तमान पुस्ताले अनुशासन, सहनशीलता र सामाजिक मूल्य सिक्नुपर्ने धारणा व्यक्त गरे। उनले मानन्धर समाजले ज्येष्ठ नागरिकको सम्मान गर्दै आएको कार्य सराहनीय रहेको पनि बताए।

Advertisement

कार्यक्रममा मानन्धर समाजका पदाधिकारीहरू, स्थानीय अगुवा, परिवारजन तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मानपछि मानन्धरले समाजप्रति आभार व्यक्त गर्दै सबैको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।

Advertisement

प्रसौनी मानन्धर समाजले यस किसिमका सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *