Categories समाचार

मानव सेवा आश्रम वीरगञ्जको ८औँ वार्षिक उत्सव सम्पन्न, मन्त्री पटेलद्वारा सहयोगको प्रतिबद्धता

वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाको ८औँ वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल प्रमुख अतिथि रहेको कार्यक्रममा आश्रमले एक वर्षको गतिविधि, दाता सूची तथा आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

मन्त्री पटेलले वीरगञ्जमा निर्माणाधीन आश्रम भवनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राज्यको प्रत्यक्ष सहयोग न्यून रहे पनि समाजसेवी र दाताको योगदानले आश्रम निरन्तर सञ्चालनमा रहेको बताए। स्वयंसेवकहरूको सेवाभावको प्रशंसा गर्दै उनले उनीहरूलाई “ईश्वररूपी” व्यक्तित्वको संज्ञा दिए।

Advertisement

समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतले मानव सेवा र सामाजिक उत्तरदायित्वबारे धारणा राखे।

Advertisement

क्लासिक बैंक्वेटमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थापक देवेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले दिएका थिए। यस अवसरमा नियमित सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *