Categories समाचार

जसपा एकीकरणपछिको समीक्षा बैठक वीरगंजमा सम्पन्न

Advertisement

वीरगंज । जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच सम्पन्न एकीकरणपछिको समीक्षा बैठक पर्साको वीरगंजस्थित पुजन होटेलमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त बैठकमा पूर्वमन्त्री प्रदीप यादव, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, संघीय परिषदका सदस्यहरू तथा विभिन्न भातृ संगठनका नेतृत्व तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Advertisement

बैठकमा पार्टी एकीकरणको समीक्षा गर्दै संगठनलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले एकीकरणले पार्टीभित्र नयाँ ऊर्जा थपिएको र संगठनात्मक एकता तथा कार्यकर्ताको उत्साह बढेको निष्कर्ष निकाले। कार्यकर्ता तथा नेतृत्वको एकता, प्रतिबद्धता र सक्रियताले आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

Advertisement

समीक्षा बैठकले अब पार्टीको ध्यान आगामी हुने निर्वाचनतर्फ केन्द्रित गर्ने निर्णय समेत गरेको छ। संगठन, कार्यकर्ता र जनताको बलियो साथबाट सकारात्मक परिणाम हासिल हुनेमा नेताहरूले पूर्ण भरोसा व्यक्त गरेका छन्।

बैठकको अन्त्यमा एकता, संघर्ष र समृद्धिको यात्रामा दृढताका साथ अघि बढ्ने संकल्प व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *