Categories राजनीति

बारा–४ बाट प्रतिनिधि सभा सदस्यका लागि अमर यादव पहिलो नम्बरमा सिफारिस

वीरगंज । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा मधेश प्रदेश कमिटी सदस्य अमर यादवलाई केन्द्रमा राख्दै पहिलो नम्बरमा सिफारिस गरेको छ। पार्टीको सम्बन्धित कमिटी बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रस्ताव नम्बर १ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस सम्बन्धमा छलफल गर्दै अमर यादवको नाम अग्रपंक्तिमा राख्ने निर्णय गरिएको जनाइएको छ। परवानीपुर गाउँपालिका–३ का निवासी यादव पार्टी संगठन, स्थानीय राजनीति र जनसम्पर्कमा सक्रिय नेताका रूपमा परिचित छन्।

Advertisement

उक्त सिफारिस प्रक्रियामा एमालेले थप दुई जनाको नाम पनि समेटेको छ। सिफारिस सूचीमा एमाले केन्द्रीय कमिटी सदस्य कृष्णा कुमार श्रेष्ठ र एमाले प्रदेश कमिटी सदस्य सिता गुरुङ पनि रहेका छन्।

Advertisement

बैठकमा आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण तथा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिएको पार्टी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *