Categories शिक्षा

व्यक्तिगत खर्चमा शिक्षक सर्राफद्वारा १२० विद्यार्थीलाई टोपी वितरण

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३२ रामबनमा अवस्थित श्री दलित मुक्ति आधारभूत विद्यालयमा कार्यरत शिक्षक सन्तोष सर्राफले उदाहरणीय सामाजिक कार्य गरेका छन् ।

उनले आफ्नै व्यक्तिगत खर्चमा १२० थान टोपी खरिद गरी विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई वितरण गरेका हुन।

Advertisement

जाडो मौसमको बढ्दो चिसोलाई ध्यानमा राख्दै विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर टोपी वितरण गरिएको शिक्षक सर्राफले बताए । “आज आफ्नै विद्यालयका बालबालिकालाई आफ्नो तर्फबाट सानो सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ,” उनले भने।

Advertisement

विद्यालय प्रशासन तथा अभिभावकहरूले शिक्षक सर्राफको यस मानवीय र प्रेरणादायी कार्यको प्रशंसा गर्दै यस्तो सकारात्मक पहलले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै विद्यालयप्रति अपनत्वको भावना विकास हुने विश्वास व्यक्त गरेका छन्।

शिक्षक सर्राफको यो कार्यले शिक्षा क्षेत्रमा केवल पठन–पाठन मात्र होइन, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *