Categories समाचार

सशस्त्र प्रहरी बल पर्साद्वारा १० हजार ब्रोइलर कुखुराका चल्ला नष्ट

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले भारतबाट अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको ब्रोइलर कुखुराका १० हजार गोटा चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

आज (आइतबार) सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–५, मसियानी क्षेत्रबाट ९ जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो।

Advertisement

नियन्त्रणमा लिइएका चल्लाहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सशस्त्र प्रहरी बल नं. १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *