Categories समाचार

ट्रम्पले भने- मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्

Advertisement

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भए पनि पछिल्लो समय उनी आफूसँग खुसी नरहेको बताएका छन् । भारतले रूसबाट तेल खरिद गरेको कारण अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएको विषयले मोदी असन्तुष्ट रहेको उनको भनाइ छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्पले मंगलबार वाशिङ्टनमा हाउस रिपब्लिकन पार्टीका सदस्यहरूसँगको बैठकमा उक्त कुरा बताएका हुन् । उनले भारतले अपाचे हेलिकप्टर खरिदका लागि धेरै वर्षदेखि आफूलाई दबाब दिँदै आएको दाबी पनि गरे । ट्रम्पका अनुसार भारतले ६८ वटा अपाचे हेलिकप्टरको अर्डर दिएको छ र अहिले त्यो प्रक्रियामा परिवर्तन गरिँदैछ ।

Advertisement

“मोदीसँग मेरो सम्बन्ध निकै राम्रो छ,” ट्रम्पले भने, “अब भारतले रूसबाट तेल खरिद पनि धेरै हदसम्म घटाएको छ।” ट्रम्पका अनुसार भारतमाथि लगाइएको कुल ५० प्रतिशत ट्यारिफमध्ये २५ प्रतिशत ‘रेसिप्रोकल ट्यारिफ’ हो भने बाँकी २५ प्रतिशत रूसबाट तेल खरिद गरेबापतको अतिरिक्त ट्यारिफ हो ।

Advertisement

यसअघि पनि ट्रम्पले भारतले रूसबाट तेल आयात घटाउनुको कारण आफूलाई खुसी बनाउन चाहनु रहेको दाबी गरेका थिए । “उनी मलाई खुसी बनाउन चाहन्थे । प्रधानमन्त्री मोदी राम्रो मानिस हुन् । उनलाई थाहा थियो म खुसी छैन, त्यसैले मलाई खुसी बनाउन जरुरी थियो,” ट्रम्पले भनेका थिए ।

यूक्रेन युद्धपछि भारत रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बनेको थियो । अमेरिकी अधिकारीहरूले भारतले रूसबाट तेल किनेर अप्रत्यक्ष रूपमा युक्रेनमाथि भइरहेका आक्रमणलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *