Categories समाचार

वीरगंजको दीर्घकालीन विकास रणनीतिमा नगर विकास कोषसँग संवाद

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका महत्त्वकांक्षी विकास योजनाहरू सञ्चालन गर्ने विषयमा नगर विकास कोष (TDF) सँग आज छलफल सम्पन्न भएको छ।

नयाँ बानेश्वरस्थित नगर विकास कोषको कार्यालयमा सम्पन्न छलफलमा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, शाखा प्रमुख राम कुमार तथा नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे सहभागी थिए।

Advertisement

छलफलमा वीरगंज महानगरको दीर्घकालीन शहरी विकास, पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार तथा नगरको आर्थिक सबलीकरणसँग सम्बन्धित महत्त्वकांक्षी योजनाहरूलाई चरणबद्ध रूपमा अघि बढाउने विषयमा गहन संवाद भएको नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो।

Advertisement

नगर प्रमुख सिंहले नगर विकास कोषसँगको सहकार्यबाट वीरगंजको समग्र विकासलाई तीव्रता दिने विश्वास व्यक्त गर्दै आवश्यक प्रक्रिया पूरा गरी आउने केही दिनभित्रै योजनाहरू कार्यान्वयनमा जाने अपेक्षा गरिएको बताए । उनका अनुसार महानगरले नागरिकको आवश्यकता र भविष्यको शहरी व्यवस्थापनलाई केन्द्रमा राखेर योजनाहरू अघि बढाइरहेको छ।

वीरगंज महानगरपालिकाले नगर विकास कोषसँगको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विकास योजनाहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *