Categories समाचार

जनभावना अनुसार उम्मेदवार सिफारिस गर्न रास्वपा नेतृत्वलाई गुप्ताको आग्रह

Advertisement

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा व्यवसायी विनय गुप्ताले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नं. ४ मा उम्मेदवार सिफारिस गर्दा पैसाको बलमा चुनाव लड्न चाहने पुराना अनुहारलाई एकल नामका रूपमा अघि नबढाउन केन्द्र र जिल्ला कार्य समितिलाई आग्रह गरेका छन्।

गुप्ताका अनुसार बारा–४ मा पछिल्लो समय देखिएको जनभावना स्पष्ट छ । अब पुरानै अनुहार, पूँजीको प्रभाव र बन्द कोठाभित्र गरिने निर्णय जनताले स्वीकार्ने अवस्थामा छैनन्। “पार्टीभित्रै बसेर पनि यदि जनभावनाविपरीत एकल नाम सिफारिस गरिन्छ भने त्यसले रास्वपाको परिवर्तनको मूल मर्ममाथि प्रश्न उठाउँछ,” उनले स्पष्ट पारे।

Advertisement

उनले केन्द्र र जिल्ला नेतृत्वलाई खुला, पारदर्शी र समावेशी प्रक्रिया अपनाउन सुझाव दिँदै क्षेत्रका युवाहरू, पेशागत समूह, नागरिक समाज र पार्टीका क्रियाशील कार्यकर्तासँग व्यापक छलफलपछि मात्र नाम सिफारिस गर्नुपर्ने बताए। “यो चुनाव कुनै व्यक्तिको हैसियत देखाउने होइन, जनताको भरोसा जित्ने अवसर हो,” गुप्ताको भनाइ छ।

Advertisement

जेनजी आन्दोलनपछि मतदाताको सोच बद्लिएको उल्लेख गर्दै उनले पैसाको बल, पहुँच र गुटबन्दीको राजनीतिले अब काम नगर्ने जिकिर गरे। “पैसाको बलमा चुनाव भिड्न खोज्नेले यो पटक निश्चित हार बेहोर्नेछन्,” गुप्ताको दाबी छ।

रास्वपाले पुरानो राजनीतिक अभ्यासको विकल्प दिन खोजिरहेको उल्लेख गर्दै उनले पार्टीले युवा, शिक्षित, व्यावसायिक र स्वच्छ छवि भएका व्यक्तिलाई अघि सार्न स्पष्ट पारे। उनका अनुसार बारा–४ लाई अब भाषण मात्र होइन, नीति, योजना र परिणाम दिने नेतृत्व आवश्यक छ।

उनको यो आग्रहलाई पार्टीभित्र बढ्दो आन्तरिक बहस र स्थानीय तहमा देखिएको चासोको प्रतिबिम्बका रूपमा हेरिएको छ। बारा–४ मा उम्मेदवार छनोटलाई लिएर रास्वपाभित्र छलफल थप तीव्र हुँदै गएको संकेत देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *