Categories राजनीति

सूचना प्रविधिलाई राजनीतिक हतियार बनाउँदै एमाले, सामाजिक सञ्जालमा संगठित अभियानको निर्देशन

Advertisement

काठमाडौं । नेकपा (एमाले)ले सूचना प्रविधिलाई पार्टी सञ्चालन र राजनीतिक संघर्षको केन्द्रमा राख्ने रणनीति अघि सारेको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार जारी अन्तरपार्टी निर्देशनले डिजिटल माध्यमलाई अब वैकल्पिक होइन, अनिवार्य हतियारका रूपमा प्रयोग गर्नुपर्ने सन्देश दिएको छ।

निर्देशनमा आधुनिक प्रविधिको दुरुपयोग गर्दै केही साम्राज्यवादी शक्तिहरूले ‘कलर रिभोलुसन’ जस्ता गतिविधिमार्फत देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको उल्लेख गरिएको छ। यस्ता चुनौतीलाई परास्त गर्न पार्टीका सबै तहका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा सक्रिय, संगठित र अनुशासित उपस्थिती जनाउनुपर्ने भनिएको छ।

Advertisement

एमालेको नीति, कार्यक्रम, चुनावी घोषणापत्र तथा उम्मेदवारहरूको प्रचार–प्रसार अब योजनाबद्ध डिजिटल अभियानमार्फत अघि बढाइने संकेत पनि निर्देशनले गरेको छ। पार्टीले सूचना प्रविधिलाई विचारको प्रसार र संगठन सुदृढीकरणको मुख्य माध्यम बनाउने लक्ष्य लिएको देखिन्छ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *