Categories समाचार

बारामा कारभित्र लुकाइएको २ किलो बढी अफिमसहित पर्साका ३ जना पक्राउ

Advertisement

वीरगंज । प्रहरीले बाराको प्रसौनी क्षेत्रमा लागू औषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा कारभित्र लुकाएर राखिएको अफिम फेला परेपछि उनीहरू प्रहरी नियन्त्रणमा परेका हुन्।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–७ का ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगन्ज महानगरपालिका–११ का ३२ वर्षीय जौवाद अहमदर तथा बिन्दावासनी गाउँपालिका–२ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार अपरान्ह इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका–१ नकटुवास्थित पतञ्जली नजिकबाट नकटुवा तर्फ जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी जाँच गरेको थियो।

Advertisement

जाँचका क्रममा कारको पछाडिको सिटमाथि राखिएको कालो प्लास्टिकभित्र २ किलो २४ ग्राम लागू औषध अफिम फेला परेको प्रहरीले जनाएको छ। अफिम बरामद भएपछि कार चालकसहित सवार तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले लागू औषधको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *