Categories समाज

बढ्दो चिसोबीच वीरगन्ज कपडा बैंकको मानवीय अभियान, घण्टाघरमा नि:शुल्क कपडा वितरण

Advertisement

वीरगन्ज । बढ्दो चिसोलाई मध्यनजर गर्दै वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नयाँ तथा प्रयोगयोग्य पुराना गरी करिब १ हजार ७ सय थान कपडा गरीब, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई वितरण गरिएको हो।

Advertisement

वीरगन्ज कपडा बैंकले आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट नियमित रूपमा नि:शुल्क कपडा वितरण गर्दै आएको छ। चिसो मौसम तथा शीतलहरका बेला बैंकले विशेष कार्यक्रममार्फत सार्वजनिक स्थानहरूमा समेत सेवा विस्तार गर्दै आएको जनाएको छ।

Advertisement

बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि तथा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा समाजसेवी, सुरक्षाकर्मी, संस्थाका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

सो अवसरमा वक्ताहरूले शीतलहरका कारण दिनदुखी असहायको जनजीवन कठिन बन्दै गएको उल्लेख गर्दै सबैलाई मानवताका काममा सहयोग गर्न आह्वान गरे। अध्यक्ष सिंहले बैंकको मानवीय अभियानमा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक तथा सदस्यहरूप्रति आभार व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *