Categories समाचार

प्रसौनी गाउँपालिकामा १८औँ गाउँ सभा सम्पन्न, विकासमैत्री नीति अघि बढाउने प्रतिबद्धता

Advertisement

प्रसौनी । प्रसौनी गाउँपालिकामा सोमबार ०८२/०८३ को संशोधित हिउँदे गाउँ सभा सम्पन्न भएको छ।

गाउँकार्यपालिकाको कार्यालयमा आयोजित बैठकमा अध्यक्ष बिनोद जैसवाल र उपाध्यक्ष किरण देवी साह सहित सातवटै वडाका अध्यक्षहरू उपस्थित थिए।

Advertisement

अध्यक्ष जैसवालले बैठकमा सबैको सहकार्य र एकजुटतामा जोड दिँदै भने, “हाम्रो प्राथमिकता विकास र जनकल्याण हो। हामी सबै मिलेर गाउँका प्रत्येक क्षेत्रको दिगो प्रगति सुनिश्चित गर्नेछौं। सबै परियोजना पारदर्शी र प्रभावकारी ढंगले अघि बढ्नेछन्।”

Advertisement

उपाध्यक्ष किरण देवीले बैठकमा सहभागी सबैलाई विकासमैत्री दृष्टिकोण अपनाउन निर्देशन दिँदै भनिन्, “विकास बाधक नबनौं, विकास प्रेमी बनौं। काधमा काध मिलाएर अगाडि बढौं। विकासमा अवरोध गर्ने व्यक्तिहरूको विरुद्ध कारबाही गरिनेछ।”

बजेट र खर्चको स्थिति
२०८२/०४/०१ देखि २०८२/०९/२८ सम्मको अवधिमा गाउँपालिकाले विभिन्न क्षेत्रहरूमा कुल विनियोजन र खर्च यस प्रकार गरेको छ:

आर्थिक विकास:
कृषि: विनियोजन १.१४ करोड, खर्च २१ लाख (१८.८%)
उद्योग: ३४ करोड, खर्च १८ लाख (५३.६%)
पशुपन्छी विकास: ६७ लाख, खर्च ४९ लाख (०.७४%)
जलश्रोत तथा सिंचाई: १५ लाख, खर्च १४ लाख (३.२९%)

सामाजिक विकास:
शिक्षा: १३.०४ करोड, खर्च ७.७३ करोड (४०.७४%)
स्वास्थ्य: २.७४ करोड, खर्च १.९२ करोड (२९.८%)
खानेपानी/सरसफाई: ३५ लाख, खर्च ३५ लाख (१००%)
भाषा/संस्कृति: १.२७ करोड, खर्च १.०३ करोड (१८.६७%)
लैंगिक समानता/सामाजिक समावेशीकरण: १.६६ करोड, खर्च १.६४ करोड (१.०६%)
युवा/खेलकुद: १५ लाख, खर्च १४ लाख (६.५५%)
सामाजिक सुरक्षा/सुरक्षा: १.०४ करोड, खर्च १.०१ करोड (२.१६%)

पूर्वाधार विकास:
यातायात पूर्वाधार: ३.८३ करोड, खर्च ३.७३ करोड (२.४१%)
भवन/आवास/सहरी विकास: २.६० करोड, खर्च २.२६ करोड (१३.१७%)
उर्जा: १३ लाख, खर्च १३ लाख (१००%)
संचार/सूचना प्रविधि: २.९ लाख, खर्च ६ लाख (३२.५७%)
सम्पदा पूर्वाधार: ४.११ करोड, खर्च ३.८६ करोड (६.२१%)

सुशासन/अन्य क्षेत्र:
विपद व्यवस्थापन: ४८ लाख, खर्च ०
तथ्यांक प्रणाली: १.५० करोड, खर्च ३.३८ लाख
गरिबी निवारण: ६७ लाख, खर्च १.६३ लाख (५९.१५%)

गाउँपालिकाले आगामी दिनहरूमा बजेटको प्रभावकारी व्यवस्थापन गर्दै विकासका परियोजनाहरूमा छिटो प्रगति गर्ने योजना बनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *