Categories राजनीति

एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो : अध्यक्ष घिसिङ

Advertisement

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताएका छन् ।

मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले भने, ‘उज्यालो नेपाल पार्टी घोषणा गरेको एक महिना पनि नबित्दै कार्यगत एकता भन्दा पनि एकिकृत चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्यो । त्यो अचानक भएको थियो । सबैको भावनालाई समेट्न पर्छ भनेर एकीकरणको प्रक्रियामा हामी गयौं । त्यो अत्यन्तै पीडादायी भयो । १२ दिन अत्यन्तै पीडादायी रहयो ।’

Advertisement

घिसिङले बताए अनुसार उक्त एकता जेनजी आन्दोलनपछि नयाँ शक्तिसँगै एक हुनुपर्ने भावना अनुरूप उज्यालो नेपाल पार्टी घोषणा भएको महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकिकरण प्रक्रिया सुरु भएको थियो ।

उनले भने, ‘कार्यगत एकता भन्दा पनि एकीकृत चरणमा जानु आवश्यक थियो। यो प्रक्रिया अत्यन्तै पीडादायी रह्यो । बाह्र दिन लामो छलफलपछि मात्रै हामीले सहमति र एकता सुनिश्चित गर्न सकेका थियौं ।’

अध्यक्ष घिसिङका अनुसार उज्यालो नेपाल पार्टीले आफ्नो समानुपातिक मत पनि छोडेर सहकार्य र एकताको पक्षमा अघि बढेको थियो। उनले स्पष्ट पार्दै भने, ‘हामीले लिखित वा विशेष माग राखेका थियौं भने पनि एकजना प्रधानमन्त्री हुने र एकजना पार्टी सभापति हुने सहमति मात्र थियो । त्यो भन्दा बढी कुनै कुरा मागेको थिएनौं ।’

घिसिङले आफ्नो अनुभव साझा गर्दै बताए कि विभिन्न चरणमा पार्टीका सदस्यहरू छुट्टाछुट्टै भेट्न पुगेका कारण एकीकरण प्रक्रिया थप चुनौतीपूर्ण बनेको थियो। उनले अन्ततः साधारण सदस्य भएर पनि एकीकरणलाई टुङ्ग्याउन सफल भएको स्मरण गरे।

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको एकीकरणले नयाँ राजनीतिक समीकरणमा असर पुर्याउने र आगामी निर्वाचन तथा पार्टी क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *