Categories खेलकुद

चौथो संस्करण श्री शंकरलाल केडिया स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित डी.ए.भी. आर.बी. केडिया स्कूलले स्वर्गीय श्री शंकरलाल केडियाको ९०औँ जन्मजयन्तीको अवसरमा ‘चौथो संस्करण श्री शंकरलाल केडिया स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

प्रतियोगिताको उद्घाटन समारोह माघ २ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि डी.ए.भी. आर.बी. केडिया स्कूलको खेलमैदानमा हुने विद्यालय प्रशासनले जनाएको छ। प्रतियोगिता माघ २ गतेदेखि माघ १० गते सम्म सञ्चालन हुनेछ।

Advertisement

विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षासँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक छ।

Advertisement

स्वर्गीय शंकरलाल केडियाले देखाउनुभएको शिक्षा र सामाजिक सेवाको मार्गलाई आत्मसात् गर्दै विद्यार्थीहरूलाई सकारात्मक दिशामा अघि बढाउन यो प्रतियोगिता आयोजना गरिएको हो।”

उहाँका अनुसार प्रतियोगिता केवल खेलमा सीमित नरही जीवनमा अनुशासन, सहकार्य र प्रतिस्पर्धालाई स्वस्थ रूपमा ग्रहण गर्ने संस्कार विकास गर्ने माध्यमसमेत बन्नेछ।

प्रतियोगितामा डी.ए.भी., डी.पी.एस., ए.भी.आर.एच., स्कूल पाल, क्याम्ब्रिज, मोडर्न, लिटल फ्लावर, कादम्बरी, मुन लाइट, नेपाल कावेरी, बेकन, मेरिगोल्ड, मनकामना, गौतम, साउथ जोन तथा जीवन ज्योति विद्यालयका टिमहरू सहभागी हुनेछन्। विभिन्न चरणका खेलपछि माघ १० गते दिउँसो १ः०० बजे फाइनल खेल सम्पन्न हुनेछ।

विद्यालय प्रशासनले प्रतियोगितालाई सफल बनाउन सबै सहभागी विद्यालय, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूलाई उपस्थित भई उत्साह प्रदान गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *