Categories समाचार

नेपाल प्रहरी प्रमुख कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जमा सहयोग हस्तान्तरण

Advertisement

वीरगञ्ज । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले मानव सेवा आश्रम वीरगञ्ज शाखाको अवलोकन भ्रमण गर्नुका साथै आश्रममा आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा र अति आवश्यक खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ।

वीरगञ्ज महानगरपालिका–२५ सिरिसियामा अवस्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा आयोजित कार्यक्रममा आइजीपी कार्कीसँगै मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको समेत उपस्थिति रहेको थियो।

Advertisement

सो अवसरमा आश्रमका लागि नगद १० हजार रुपैयाँसमेत सहयोग प्रदान गरिएको मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले जानकारी दिनुभयो।

Advertisement

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठलगायत आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्दै आइजीपी दानबहादुर कार्कीले मानव सेवा आश्रमले समाजका असहाय र बेसहारा नागरिकका लागि गर्दै आएको कार्य अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले आश्रमको सुरक्षाका लागि नेपाल प्रहरीले चौबिसै घण्टा एकजना प्रहरी खटाइसकेको जानकारी दिँदै, आगामी दिनहरूमा पनि नेपाल प्रहरीको तर्फबाट आवश्यक सहयोग र साथ सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *