Categories समाज

चिसोमा न्यानोपन बाँड्दै सानो दीप संस्था

Advertisement

वीरगञ्ज । जाडोले जनजीवन प्रभावित भइरहेका बेला सानो दीप संस्थाले वीरगञ्जमा मानवीय संवेदना झल्किने उदाहरण प्रस्तुत गरेको छ। संस्थाको आयोजनामा वीरगञ्जको व्यस्त घण्टाघर क्षेत्रमा असहाय, सडकआश्रित तथा न्यून आय भएका व्यक्तिहरूलाई निःशुल्क कम्बल वितरण गरिएको हो।

जाडोका कारण दैनिक जीवनमा संघर्ष गरिरहेका नागरिकहरूलाई तत्काल राहत दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कम्बलसँगै पिउने पानीसमेत वितरण गरिएको थियो।

Advertisement

कार्यक्रमका क्रममा सानो दीप संस्थाका अध्यक्ष कृष पटेलले सानो प्रयासले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे। चेतना, करुणा र आशामार्फत युवालाई सशक्त बनाउँदै आवश्यक परेकालाई सहयोग गर्नु संस्थाको मूल ध्येय रहेको उनको भनाइ थियो। उनले उज्यालो र समुन्नत समाज निर्माणतर्फ संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।

Advertisement

कार्यक्रम सफल बनाउन संस्थाका सचिव दिव्यांशु कर्ण, सहसचिव उज्वल गुप्ता तथा सदस्यहरू कृपा कुमारी शाह, प्रियांशु चौरसिया, प्रीति रौनियार, विक्रम सिंह, अविनाश जैसवाल, सुरज चौधरी, शुभम सरार्फ, अमन गुप्ता, आलोक, दिपानसु लगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।

यस सामाजिक अभियानलाई दुबईमा कार्यरत सखुवा प्रसौनी गाउँपालिका निवासी इन्जिनियर अफजल हुसैनले प्रायोजकका रूपमा सहयोग गरेको सानो दीप संस्थाले जनाएको छ। स्थानीय स्तरमा सम्पन्न यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने सहभागीहरूको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *