Categories राजनीति

पर्सा–३ र ४ मा एमालेको टिकट टुंगो, जयसवाल र जालिम मैदानमा

Advertisement

वीरगन्ज । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले पर्साका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ।

शनिबार साँझ बसेको एमाले सचिवालय बैठकले पर्सा क्षेत्र नम्बर ३ बाट प्रमोद जयसवाल र क्षेत्र नम्बर ४ बाट जालिम मियाँलाई पार्टीको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो।

Advertisement

रोचक संयोग के छ भने, सोही दिन पर्सा–३ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेका रुपेश पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका थिए। तर लामो छलफलपछि सचिवालयले पर्सा–३ को टिकट जयसवाललाई दिने निर्णय गर्‍यो।

Advertisement

यसैबीच, पर्सा क्षेत्र नम्बर १ र २ मा भने उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको छ। ती क्षेत्रमा आन्तरिक छलफल जारी रहेकाले हालसम्म निर्णय हुन नसकेको एमाले नेता लेखराज भट्टले जानकारी दिए। उनका अनुसार, बाँकी दुवै क्षेत्रमा उम्मेदवार चयनको अन्तिम निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

एमालेले केही क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको भए पनि पर्साका बाँकी क्षेत्रमा कसलाई मैदानमा उतारिन्छ भन्ने चासो भने अझै कायम छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *