Categories समाचार

श्रीसिया नदीको पानी बोकेर युवाहरू पुगे जीतपुरसिमरा, उद्योगजन्य प्रदूषण बन्द गर्न माग

वीरगञ्ज। जेनजी युवा अभियन्ताहरूले सुरु गरेको नदी संरक्षण अभियानको पाँचौँ सातामा आज रानीघाटबाट श्रीसिया नदीको कालो तथा विषाक्त पानी बोतलमा संकलन गरी वीरगञ्जबाट जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख माननीय राजन पौडेलसम्म पुर्‍याएका छन् । यस अभियानको नेतृत्व किसन सर्राफले गरेका छन्।

अभियानमा सहभागी युवाहरूले नदीको दैनिकी अवस्था प्रत्यक्ष हेरेर जनचेतना फैलाउने प्रयास गरेका छन्। उनीहरूले नदीको पानी प्रदूषित भइरहेको तथ्य देखाउँदै स्थानीय प्रशासन र जनतालाई सचेत रहन आग्रह गरेका छन्।

Advertisement

अभियन्ताहरूले चेतावनी दिँदै भने, “सचेत रहनुहोस् भोलिको दिनमा हामी तपाईंहरूको कार्यकक्षसम्म पनि पुग्न सक्छौं।” अभियानले नदी प्रदूषण, सरसफाइ, र जलस्रोत संरक्षणको महत्त्वबारे समुदायमा जनचेतना सिर्जना गर्ने उद्देश्य राखेको छ।

Advertisement

सर्राफका अनुसार, “नदीको जीवन बचाउन हामी सबैको सहयोग आवश्यक छ।” अभियानमा विद्यार्थी, समाजसेवी, र विभिन्न युवा संगठनका सदस्यहरू पनि सक्रिय सहभागी भएका छन्।

यसरी जेनजी युवा अभियन्ताहरूले नदी संरक्षण र प्रदूषण नियन्त्रणको संदेश जनसमुदायसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *