बिरगंज । डि.ए.भि. आर.बी. केडिया माध्यमिक विद्यालय, बिरगंजद्वारा सञ्चालित श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज शनिबार दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन्। हिजो शुक्रबार सुरु भएको प्रतियोगिताले आज पनि खेलप्रेमीहरूलाई उत्साहित बनाएको छ।
आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले गौतम सेकेन्डरी स्कुललाई ३–१ गोलको अन्तरले पराजित गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका साउथ जोन सेकेन्डरी स्कुलका ज्ञान राज चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।
यस्तै, आजै सम्पन्न दोस्रो खेलमा मेरिगोल्ड स्कुलले बिकन सेकेन्डरी स्कुललाई २–० गोलको अन्तरले पराजित गरेको छ। सो खेलमा मेरिगोल्ड सेकेन्डरी स्कुलका निखिल चौधरी उत्कृष्ट खेलाडी घोषित हुँदै ‘म्यान अफ दि म्याच’को उपाधि हात पार्न सफल भए।
डि.ए.भि. आर.बी. केडिया माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, खेलभावना र शारीरिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिता आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरूसहित निरन्तर रहने विद्यालयले जनाएको छ।






