Categories समाचार

वीरगंज महानगरपालिका–२७ मा निर्माण कार्यको अनुगमन

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिका अन्तर्गत वडा नं. २७ का विभिन्न स्थानहरूमा सञ्चालनमा रहेका निर्माण कार्यहरूको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा नगर प्रमुख सिंहसँगै महानगरपालिकाको योजना महाशाखा तथा स्वास्थ्य शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा नगर प्रमुख सिंहले निर्माण कार्यहरू निर्धारित मापदण्ड, गुणस्तर तथा समयसीमाभित्र सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माण कार्य पारदर्शी, दिगो र जनताको आवश्यकतामुखी हुनुपर्ने उल्लेख गर्दै कुनै पनि लापरवाही वा गुणस्तरमा सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।

Advertisement

यस अवसरमा उनले निर्माण कार्यले स्थानीयवासीको दैनिकी र स्वास्थ्यमा पार्न सक्ने प्रभावलाई समेत ध्यानमा राखेर काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै धुलो, फोहर व्यवस्थापन तथा कार्यस्थलको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनले विशेष जोड दिए ।

Advertisement

नगर प्रमुख सिंहले महानगरपालिकाले विकास र जनस्वास्थ्यलाई समान प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै, यस्ता अनुगमनलाई निरन्तरता दिइने बताए । अनुगमन टोलीले निर्माणको प्रगति, गुणस्तर र देखिएका समस्याबारे जानकारी संकलन गरी आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *