Categories समाचार

जनता समाजवादी पार्टी पर्सा अध्यक्षमा तबरेज अहमद मनोनित

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टीले पर्सा जिल्ला समितिको अध्यक्ष पदमा तबरेज अहमदलाई मनोनयन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंले जारी गरेको पत्रअनुसार धोबिनी गाउँपालिका ५, पर्साका अहमदलाई माघ ४ गतेदेखि लागू हुने गरी जिल्ला अध्यक्षमा मनोनयन गरिएको हो।

Advertisement

पार्टी विधानअनुसार जिम्मेवारीलाई सक्रिय र इमान्दारितापूर्वक निर्वाह गर्ने विश्वासका साथ उनलाई सफल कार्यकालको शुभकामना दिइएको छ।

Advertisement

मनोनयन सम्बन्धी पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईको हस्ताक्षर रहेको छ। उक्त निर्णयको जानकारी पार्टीका सम्बन्धित निकायहरूलाई समेत बोधार्थ गराइएको छ।

नवनियुक्त जिल्ला अध्यक्ष अहमदले पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा मधेशका मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *