Categories खेलकुद

केडिया मेमोरियल फुटबलको तेस्रो दिनको खेलमा मूनलाइट सेकेन्डरीको दबदबा, ६–१ ले विजयी

Advertisement

वीरगञ्ज । D.A.V. आर.बी. केडिया विद्यालयद्वारा सञ्चालित श्री शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज (आइतबार ) एउटा खेल सम्पन्न भएको छ। प्रतियोगिता विद्यालयको आफ्नै खेल मैदानमा सञ्चालन भइरहेको छ।

उद्घाटन खेलमा मूनलाइट सेकेन्डरी स्कूलले नेपाल कावेरी एकेडेमीलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखि नै मूनलाइट सेकेन्डरी स्कूलले आक्रामक खेल प्रस्तुत गर्दै आफ्नो दबदबा कायम राख्यो। उत्कृष्ट प्रदर्शन गरेका सुरेश मुखियालाई ‘म्यान अफ द म्याच’को उपाधि प्रदान गरिएको छ।

Advertisement

यस अवसरमा विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले खेलकुदले विद्यार्थीहरूको शारीरिक विकाससँगै अनुशासन, नेतृत्व क्षमता र टोलीभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “यस्ता अन्तर–विद्यालय प्रतियोगिताले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्‍याउनुका साथै उनीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने अवसर प्रदान गर्छ। विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुदलाई पनि समान महत्व दिएको छ।”

Advertisement

प्रतियोगितामा विभिन्न विद्यालयका टोलीहरूको सहभागिता रहेको छ भने आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरू हुने आयोजकले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *