Categories समाचार

प्रतिनिधिसभा चुनावको संघारमा प्रदीप यादवको पार्टी फड्को, एमालेमा औपचारिक प्रवेश

Advertisement

वीरगंज । पूर्वमन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव नेकपा (एमाले) प्रवेश गरेका छन्। उनी गएराति एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए। यादवसँगै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहितका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

यादव ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि उनी ओलीसँगै सरकारबाट बाहिरिएका थिए। त्यसपछि यादवले अशोक राई नेतृत्वको जसपा परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्यको जिम्मेवारीमा थिए।

Advertisement

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादवले जसपा नेपाल पनि छाड्दै एमाले रोजेका हुन्। उनी पुनः पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले उनलाई सोही क्षेत्रबाट टिकट दिने वचनसमेत दिइसकेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *