Categories समाचार

कांग्रेस परित्याग गर्दै अनसारी एमाले प्रवेश, सुनसरी–४ बाट चुनाव लड्ने घोषणा

Advertisement

वीरगंज । नेपाली कांग्रेसका नेता अबुल हुसैन अनसारीले कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले कांग्रेसभित्रको आन्तरिक किचलो, स्वार्थकेन्द्रित राजनीति र नेतृत्वको व्यवहारले आफू निराश भएको बताएका छन्।

अनसारीले जीवनको ऊर्जाशील समय कांग्रेसमै बिताएको उल्लेख गर्दै कांग्रेस लोकतन्त्रको मर्म र बिपी कोइरालाको सिद्धान्तबाट टाढिँदै गएको अनुभूति भएपछि पार्टी त्याग्न बाध्य भएको बताएका छन्। उनले सुनसरीमा सधैँ बाहिरबाट आएका नेताहरूलाई प्राथमिकता दिइएको र स्थानीय कार्यकर्ताको योगदानको उचित मूल्यांकन नहुँदा आफू पीडित भएको गुनासो गरेका छन्।

Advertisement

उनले आगामी निर्वाचनमा नेकपा एमाले प्रवेश गरी सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने घोषणासमेत गरेका छन्। एमालेले आफूलाई सम्मानपूर्वक पार्टी प्रवेश गराएर विश्वास व्यक्त गरेको भन्दै उनले एमालेप्रतिको भरोसा र जनताको अपेक्षा कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाएका छन्।

Advertisement

सन्देशको अन्त्यमा अनसारीले “अन्तिम पटक जय नेपाल” र “लाल सलाम” लेख्दै कांग्रेससँगको राजनीतिक यात्राको औपचारिक अन्त्य गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *