Categories समाचार

केडिया स्मृति अन्तर–विद्यालय फुटबलमा सेमिफाइनल सम्पन्न, फाइनलमा मुनलाइट र लिटिल फ्लावर भिड्ने

Advertisement

वीरगंज । डी.ए.भी. आर.बी. केडिया विद्यालयको आयोजनामा सञ्चालन भइरहेको श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन्।

आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कूलले साउथजोन सेकेन्डरी स्कूललाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। उक्त खेलमा मुनलाइट सेकेन्डरी स्कूलका लव गोसाई उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।

Advertisement

त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कूलले मानकामना स्कूललाई ३–१ गोलको अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। सो खेलमा लिटिल फ्लावर स्कूलका सागर साह म्यान अफ द म्याच घोषित भए।

Advertisement

अब प्रतियोगिताको फाइनल खेल मुनलाइट सेकेन्डरी स्कूल र लिटिल फ्लावर स्कूलबीच आगामी शनिबार दिउँसो १ बजे हुने विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले जानकारी गराएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *