Categories राजनीति

भाषण होइन, संवाद रोज्दै रूपेश पाण्डे: पर्सा–३ मा एमालेको घरदैलो राजनीति

Advertisement

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार रूपेश पाण्डे अहिले औपचारिक सभाभन्दा पनि जनताको आँगन रोजिरहेका छन्। उम्मेदवारी दर्तापछि उनी घरदैलोमै पुगेर मतदातासँग सिधा कुरा गरिरहेका छन्, जहाँ भाषणभन्दा बढी सुन्ने प्रयास देखिन्छ।

स्थानीय विकास, रोजगारी र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर अघि बढेका पाण्डे जनताका दैनिक समस्यालाई राजनीतिक एजेन्डासँग जोड्ने प्रयासमा छन्। “समस्या थाहा नपाई समाधान हुँदैन” भन्ने शैलीका कारण उनीप्रति जनस्तरमा भरोसा बढ्दै गएको छ। व्यवसायिक अनुभव र संगठनात्मक क्षमता उनको अभियानको मुख्य आधार बनेको देखिन्छ।

Advertisement

पर्सा–३ मा यसपटक कांग्रेस, नेकपा, रास्वपा र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा रहे पनि एमाले उम्मेदवार पाण्डेको उपस्थितिले चुनावी बहसलाई फरक दिशा दिएको स्थानीय बताउँछन् । विशेषगरी युवापुस्ता र मध्यम वर्गबीच उनीप्रतिको आकर्षण उल्लेख्य देखिन्छ। घरदैलो क्रममा मतदाताहरूले विकासमा स्पष्ट सोच, इमानदार नेतृत्व र स्थायित्व खोजिरहेको प्रतिक्रिया दिइरहेका छन्।

Advertisement

एमालेको राष्ट्रिय नीति, सुशासन र समृद्धिको नारालाई स्थानीय आवश्यकतासँग जोडेर प्रस्तुत गरिरहेका पाण्डेको अभियानले पर्सा–३ लाई चुनावी रूपमा अझ चासोको केन्द्र बनाएको छ। गल्ली गल्लीमा बढ्दो चर्चा र जनसम्पर्कले यस क्षेत्रको चुनावी परिणामप्रति सबैको नजर तानिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *