Categories समाचार

वीरगञ्ज महानगरको पहलमा मितेरी पुलमा नयाँ सीमा सुरक्षा पोष्ट उद्घाटन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको पहलमा मितेरी पुल क्षेत्रमा नवनिर्मित सीमा सुरक्षा पोष्ट उद्घाटन भएको छ।

नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गणका एसपी पुरण चन्द भट्ट, प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी लगायतको उपस्थिती रहेको थियो।

Advertisement

उद्घाटन समारोहमा प्रमुख अतिथि लगायत अतिथिहरुले बेलुन उडाएर पोष्टको औपचारिक उद्घाटन गरे। नगर प्रमुख सिंहले मितेरी पुलजस्तो अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आधुनिक सुरक्षा संरचना निर्माणले सीमा सुरक्षा सुदृढ गर्नुका साथै आवागमन व्यवस्थापन र नगरको सौन्दर्य अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Advertisement

विशिष्ट अतिथि एसपी पुरण चन्द भट्टले सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको प्रतिबद्धता र स्थानीय सरकारसँगको सहकार्यले सुरक्षा प्रणाली अझ प्रभावकारी हुने बताए।

यस नयाँ पोष्टको उद्घाटनले वीरगञ्जको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा सुरक्षा, व्यवस्थापन र सौन्दर्य सँगै मजबुत बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *