वीरगंज । जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र आमालाई आवश्यक कपडा वितरण गरिएको छ। यस अवसरमा १ सय ३५ जना शिशु र आमालाई स्वास्थ्य र सुविधा वृद्धि गर्ने उद्देश्यका साथ कपडा प्रदान गरियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर २ का जसपा नेपालका उम्मेदवार अशोक टेमानी रहनु भएको थियो। कार्यक्रममा सहभागीहरूले यस पहलले समुदायमा सकारात्मक प्रभाव पार्ने र आमाहरुको हौसला बढाउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रमले नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने मात्र होइन, सामाजिक सद्भाव र मानवताको महत्व पनि झल्काएको बताइएको छ।






