Categories समाचार

वीरगञ्जमा ‘होटल लोकल डट कम’ सञ्चालनमा

वीरगञ्ज । पर्सा रामनगरीका युवा उद्यमी प्रदिप जयसवालले होटल व्यवसायमा प्रवेश गर्दै “होटल लोकल डट कम” बुधबारदेखि सञ्चालनमा ल्याएका छन्।

होटलको उद्घाटन समारोहमा उनका आमा बुवाले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गरेका थिए। होटल वीरगञ्ज महानगरपालिका वडा नं. १३ अन्तर्गत राधेमाइ, सरिसवा नदी नजिकै अवस्थित रहेको छ।

Advertisement

उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। युवा उद्यमी जयसवालले स्थानीय उत्पादन र स्वादलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको बताएका छन्।

Advertisement

होटल व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुका साथै वीरगञ्जको आतिथ्य सत्कार क्षेत्रलाई थप सशक्त बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *