Categories समाज

उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न तथा सामग्री सहयोग

वीरगञ्ज । उपकार सेवा नेपालले प्रत्येक महिनाजस्तै यस महिनामा पनि ठोरी गाउँपालिका वडा नं. १, भगवाननगरस्थित वृद्ध वृद्धा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

आश्रममा रहेका १७ जना अपाङ्गता भएका व्यक्ति, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमाबुवा तथा बालबालिकाहरूको उपभोगका लागि चामल ९० किलो (३ बोरा), सोयाबिन १० किलो (१ बोरा), चिउरा १० किलो, खाने तेल ५ लिटर, मसुरो दाल ५ किलो, रिफाइन तेल ४ लिटर, नुन ५ किलो, साबुन १० थान, ट्राउजर, टीसर्ट, फलफूल, मिठाईलगायतका दैनिक उपभोग्य सामग्रीको व्यवस्था गरिएको हो।

Advertisement

यस अवसरमा आयोजित कार्यक्रममा आश्रमका सदस्य रामबहादुर थिङलाई बोलाई सामग्री हस्तान्तरण गरिएको थियो। सामग्री हस्तान्तरण उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले संयुक्त रूपमा गर्नुभएको हो।

Advertisement

उपकार सेवा नेपालले आश्रमको आवश्यकतालाई ध्यानमा राखी प्रत्येक महिना यस्ता सहयोग सामग्री निरन्तर प्रदान गर्दै आएको संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *