Categories राजनीति

हरघर रोजगारी र महिला उद्यमशीलता मेरो पहिलो एजेन्डा हो : उम्मेदवार ओमप्रकाश सरार्फ

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ लक्ष्मणवा र वडा नम्बर–८ पानी ट्यांकी क्षेत्रमा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा सार्वजनिक गरेका हुन्।

Advertisement

उनले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँका युवाहरू रोजगारीको अभावमा विदेश तथा अन्य शहर जान बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने,
“अब युवाले रोजगारी खोज्दै घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। मसँग स्पष्ट रोडम्याप छ—सीप, तालिम र अवसरमार्फत युवालाई स्वरोजगार बनाइनेछ।”
सरार्फले महिलालाई समेत आयआर्जनसँग जोड्ने, उद्यमशीलता विकास गर्ने र आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना जनमत पार्टीको मुख्य दृष्टिकोण रहेको उल्लेख गरे।

Advertisement

देश र मधेसको समग्र विकास तथा निकासको स्पष्ट भिजन जनमत पार्टी र डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले सबैलाई ‘हर्न’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे।

कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *