Categories खेलकुद

आचार्य एकेडेमीको वार्षिक खेलकुद प्रतियोगिता भव्य रूपमा सुरु

Advertisement

वीरगञ्ज । वीरगञ्ज प्रगतिनगर–३ स्थित आचार्य एकेडेमीद्वारा आयोजित वार्षिक खेलकुद प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रमहरू सम्पन्न भई उत्साहपूर्ण वातावरणमा प्रतियोगिताको शुभारम्भ गरिएको हो।

कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको थियो। उद्घाटन सत्रमा बोल्दै उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र खेलभावनाका साथ सहभागिता जनाउन आग्रह गर्नुभयो।

Advertisement

पहिलो दिन विद्यार्थीहरूबीच दौड, खरायो दौड,spoon and marble तथा अन्य विभिन्न खेलकुद प्रतिस्पर्धाहरू सञ्चालन गरिएका थिए। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले खेलमैदान निकै जीवन्त बनेको थियो। शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सबैले खेलाडी विद्यार्थीहरूको हौसला बढाएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *