Categories समाचार

हजराको प्रयासमा विद्यालय भवन निर्माणको टेण्डर खुला

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ मा रहेको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेसँगै स्थानीयवासी, शिक्षक तथा विद्यार्थीहरूमा उत्साह थपिएको छ।

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य, पर्सा जिल्ला इन्चार्ज तथा निवर्तमान सांसद प्रभु हजराको ठोस पहल र निरन्तर प्रयासका कारण विद्यालय भवन निर्माणका लागि बिनियोजित बजेट कार्यान्वयनको चरणमा पुगेको दाबी गरिएको छ । राजनीतिमा भाषणभन्दा कामलाई प्राथमिकता दिने नेताका रूपमा चिनिँदै आएका हजराले यस पहलमार्फत फेरि एकपटक आफ्नो कार्यशैली प्रमाणित गर्नुभएको स्थानीयको भनाइ छ।

Advertisement

अन्य नेताहरू सत्ता र स्वार्थको राजनीतिमा अल्झिरहेका बेला हजरा भने जनताको शिक्षा, पहिचान र विकाससँग जोडिएको योजनालाई व्यवहारमा उतार्न सफल देखिएका छन् । वर्षौँदेखि अधुरो अवस्थामा रहेको विद्यालयको भौतिक संरचना अब आधुनिक र व्यवस्थित रूपमा निर्माण हुने अपेक्षा गरिएको छ।

Advertisement

विद्यालय भवन निर्माण सम्पन्न भएपछि शैक्षिक वातावरण थप सुदृढ हुने, विद्यार्थीहरूको पठनपाठन सहज हुने तथा स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि समेत बढ्ने विश्वास लिइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *