Categories समाचार

धोरेमा एमालेको घरदैलो: रुपेश पाण्डेय भन्छन्, “जनताको भरोसा नै मेरो शक्ति”

Advertisement

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। बुधबार बिहान पकाहामैनपुर गाउँपालिका–१ धोरेमा आयोजित घरदैलो कार्यक्रममार्फत उनले स्थानीयबासीसँग भेटघाट गर्दै उनीहरूको गुनासो, सुझाव र अपेक्षा सुने।

घरघरमा पुगेर संवाद गर्दै पाण्डेयले आफू राजनीति जनताको समस्या समाधान गर्ने उद्देश्यले गरेको दाबी गरे। “जनताको अपेक्षा नै मेरो पहिलो प्राथमिकता हो,” उनले भने, “विश्वास गरेर जिम्मेवारी दिनुहुन्छ भने परिणाम देखिने गरी काम गर्छु।”

Advertisement

क्षेत्रको समग्र विकासलाई लक्ष्य बनाएको बताउँदै उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी र रोजगारी सिर्जना आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। आफू यहीँ जन्मे हुर्किएको कारण स्थानीय आवश्यकता र समस्यासँग परिचित रहेको उल्लेख गर्दै उनले जनताको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

घरदैलो कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभु हजारा, नेताहरू शिव पटेल, तेजप्रकाश निषाद, अकलेश साहलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *