Categories समाचार

रास्वपाको नगवा घरदैलोमा स्थानीयको उल्लेख्य सहभागिता

Advertisement


वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा–१ अन्तर्गत नगवामा सञ्चालन गरेको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको छ।

मंगलबार सम्पन्न घरदैलो कार्यक्रममा नगवाबासीले सक्रिय सहभागिता जनाउँदै रास्वपाका पर्सा–१ का उम्मेदवार हरि पन्तलाई समर्थन गरेका हुन्।

Advertisement

घरदैलोका क्रममा रास्वपा पर्सा सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार पन्तले रास्वपाको विजय समग्र मुलुकको हितसँग जोडिएको उल्लेख गर्दै यसपटक नगवाबासीले मत परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताए। स्थानीयको साथ र समर्थनले आफ्नो विजयप्रति थप आत्मविश्वास बढेको पनि उनले बताए।

Advertisement

कार्यक्रममा रास्वपाका पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठलगायत सन्दीप कुश्वाह, विशाल सिंह र माइकल सापकोटाको समेत सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *