Categories खेलकुद

बिरगञ्जमा इन्डो–नेपाल T20 को रोमाञ्चक सुरुआत, छत्तीसगढको विजयी उद्घाटन

Advertisement

बिरगञ्ज । आदर्शनगर रंगशाला यतिबेला क्रिकेटमय बनेको छ। श्री आदर्श पशुपति क्लब, बिरगञ्जको आयोजनामा सातौँ इन्डो–नेपाल महिला तथा पुरुष T20 क्रिकेट प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको हो। सीमापार खेल मैत्री र प्रतिभा पहिचानलाई लक्ष्य गर्दै सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ भारतबाट ४ र नेपालबाट २ गरी कुल ६ टोली सहभागी छन् भने महिलातर्फ नेपाल र भारतका एक–एक टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। आयोजक क्लबका अध्यक्ष सन्तोष गुप्ताका अनुसार यस प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने विश्वास गरिएको छ।

Advertisement

उद्घाटन समारोहका प्रमुख अतिथि पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनीष सिंहले पर्सामा क्रिकेटको विकासका लागि संघ सधैं प्रतिबद्ध रहने बताए। उनले खेलाडीको हक हित र प्रतिभा प्रवर्द्धनमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

उद्घाटन खेलमा आयोजक श्री आदर्श पशुपति क्लब र भारतको छत्तीसगढ टोलीबीच प्रतिस्पर्धा भयो। टस जितेर पहिले ब्याटिङ रोजेको छत्तीसगढले १८.५ ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो। १६४ रनको लक्ष्य पछ्याएको आयोजक टोली भने १७.४ ओभरमा १२० रनमै अलआउट भयो। यससँगै छत्तीसगढले प्रतियोगितामा विजयी सुरुआत गर्‍यो।

उत्कृष्ट प्रदर्शन गर्दै छत्तीसगढका गोपाल कुमार ‘म्यान अफ द म्याच’ घोषित भए।

बिरगञ्जमा सुरु भएको यो प्रतियोगिताले सीमा क्षेत्रको क्रिकेट वातावरणलाई थप उत्साहपूर्ण बनाएको छ। आगामी दिनमा हुने खेलहरू अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *