Categories समाचार

मधेसको स्वाभिमान र संघीयताको रक्षा गर्न जनमतलाई जिताउन सरार्फको आह्वान

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ इटियाही–प्रसौनीमा घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा सरार्फले मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता र मधेसको स्वाभिमानको रक्षा गर्न जनमत पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले सयौंको बलिदानबाट हासिल उपलब्धिलाई कमजोर पार्न खोज्ने शक्तिहरूलाई परास्त गर्न सबै मधेसी समुदाय एकजुट हुनुपर्ने बताए।

Advertisement

“मधेस र मधेसीको समग्र उत्थानका लागि स्पष्ट दृष्टिकोण र योजना जनमत पार्टीसँग मात्रै छ,” उनले भने, “देश र मधेसको निकासका लागि डा. सिके राउतको नेतृत्व आवश्यक छ।” उनले मतदातासँग हर्न छापमा मतदान गर्न अपिल समेत गरे।

Advertisement

कार्यक्रममा बिध्यालाल प्रसाद, रम्भा मिश्रा, डा. मनोज कुमार, समानुपातिक उम्मेदवार विजय पासवान, भूपेन्द्र साह, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवानलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *