Categories समाचार

जनमत उम्मेदवार सर्राफको घरदैलो अभियान तीव्र

Advertisement

वीरगंज । पर्सा क्षेत्र नं. १ का जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी अभियानलाई तीव्र बनाउँदै वीरगंज–१६ इनर्वामा रात्रीसभा सम्पन्न गरेका छन्। सभामा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो, जसले क्षेत्रको चुनावी माहोल थप सक्रिय बनेको संकेत दिएको छ।

घरदैलो अभियानका क्रममा सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले मधेशका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने अठोट व्यक्त गरे।

Advertisement

कार्यक्रममा विभिन्न स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। साथै वीरगंज महानगरपालिका वडा नं. ५ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *