Categories राजनीति

पर्सागढी–५ मा झिंगना टोलमा रास्वपा उम्मेदवार कानुको सक्रिय घरदैलो

पर्सागढी–५ मा परिवर्तनको बहस, झिंगना टोलमा सुशील कानुको सक्रिय घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका–५, झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। पछिल्ला दिनहरूमा निरन्तर भइरहेको जनसम्पर्क अभियानमा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको छ।

Advertisement

घरघर पुगेर गरिएको भेटघाटका क्रममा युवा, महिला, ज्येष्ठ नागरिक, कृषक तथा बुद्धिजीवीहरूले यसपटकको निर्वाचन परिवर्तनमुखी हुनुपर्ने धारणा राखेका छन्। “यसपालिको मत परिवर्तनका लागि” भन्ने सन्देशसहित उनीहरूले उम्मेदवार कानुप्रति समर्थन व्यक्त गरेका छन्।

Advertisement

उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै पर्सागढी क्षेत्रका स्वास्थ्य, कृषि र रोजगारीका विषयलाई प्राथमिकतामा राख्ने बताए। अस्पताल तथा स्वास्थ्य सेवा सुदृढीकरण, खेलकुद पूर्वाधार निर्माण, कृषकलाई समयमै मलखाद तथा सिंचाइ सुविधा उपलब्ध गराउने विषयमा विशेष पहल गरिने उनको भनाइ थियो।

त्यस्तै, बेरोजगार युवालाई लक्षित गरी पशुपालन तथा अन्य प्राविधिक सीपमूलक तालिम सञ्चालन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको उनले उल्लेख गरे। निर्वाचित भएमा आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गर्दै क्षेत्रको समग्र विकासमा केन्द्रित रहने प्रतिबद्धता उनले दोहोर्‍याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *