Categories राजनीति

पर्सा–१ मा दुई दर्जन जेनजी युवा जनमत पार्टीमा प्रवेश, ‘हरन’लाई जिताउने प्रतिबद्धता

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का विभिन्न वडाबाट करिब दुई दर्जन जेनजी पुस्ताका युवाहरू आजदेखि जनमत पार्टीमा प्रवेश गरेका छन्। उनीहरूले क्षेत्र नम्बर–१ मा ‘हरन’ चुनाव चिह्नलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगञ्ज–२० का शत्रुधन यादव र वीरगञ्ज–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू स्वस्फूर्त रूपमा पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशी युवाहरूलाई पर्सा क्षेत्र नम्बर–१ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फसहित नेतृ रम्भा मिश्र, भूपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह तथा युवा महानगर अध्यक्ष अजित सिंहलगायतले स्वागत गरेका थिए।

Advertisement

कार्यक्रममा बोल्दै नेताहरूले युवाको सहभागिताले पार्टी थप सशक्त हुने विश्वास व्यक्त गरे। नवप्रवेशी युवाहरूले परिवर्तन र विकासको एजेन्डासहित जनमत पार्टीलाई मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *