Categories राजनीति

जनताको घरदैलोमा पाण्डेय : साथ, समाधान र विकासको प्रतिबद्धता

Advertisement

वीरगंज । पर्सा क्षेत्र नम्बर–३ अन्तर्गत सखुवापर्सौनी गाउँपालिका–५ महुवनमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेयले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पाण्डेयले कृषक, युवा र व्यवसायीका समस्यालाई प्राथमिकतामा राखी समाधानका लागि आफू सधैं तत्पर रहने प्रतिबद्धता जनाए। उनले माछापालन, कुखुरा फार्म व्यवस्थापन लगायत उत्पादनमूलक क्षेत्रको विकासलाई अगाडि बढाउने आफ्नो स्पष्ट योजना रहेको बताए।

Advertisement

“जनताको सुख–दुःखमा साथ दिने प्रतिनिधि बन्ने मेरो चाहना हो,” उनले भने, “यस क्षेत्रमा भएका विकास कार्यलाई निरन्तरता दिँदै अब बाँकी कामलाई अझ तीव्र गतिमा अघि बढाइनेछ।”

Advertisement

कार्यक्रममा सहभागी पूर्वमन्त्री प्रमोद जैसवालले पनि पाण्डेयलाई जिताउन अपिल गर्दै एमालेको नेतृत्वमा मात्रै दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे।

स्थानीयवासीको उत्साहजनक सहभागिताबीच सम्पन्न कार्यक्रमले चुनावी माहोल थप तातेको सहभागीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *