Categories समाचार

जेनजीको नेतृत्वमा जगरनाथपुर गाउँपालिकामा २१ सदस्यीय समिति गठन

Advertisement

वीरगंज । पर्सा जिल्लामा क्रियाशील जेनजी अभियानअन्तर्गत जगरनाथपुर गाउँपालिकामा नयाँ समिति गठन गरिएको छ। युवाहरूलाई संगठित गर्दै अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले आयोजित बैठकले २१ सदस्यीय समिति घोषणा गरेको हो।

बैठकको निर्णयअनुसार अमर किशोर ठाकुर लोहारको अध्यक्षतामा जगरनाथपुर गाउँपालिका जेनजी समिति गठन गरिएको छ। नवगठित समितिमा विभिन्न युवाहरूलाई समेट्दै संगठनलाई प्रभावकारी र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

Advertisement

बैठकमा जेनजी पर्साका सल्लाहकार अधिवक्ता अनिल शाह, कालिकामाई संयोजक राजनीश कुशवाहा, सुशील पटेल, मधुरञ्जन शाह लगायत युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी हरिओम, मिथुन प्रसाद पटेल लगायतलाई पनि समितिमा समेटिएको जनाइएको छ।

Advertisement

कार्यक्रममा वक्ताहरूले जगरनाथपुर क्षेत्रमा जेनजी अभियानलाई थप सशक्त बनाउँदै युवाहरूको नेतृत्व विकास, सामाजिक सचेतना तथा रचनात्मक गतिविधि सञ्चालनमा जोड दिने बताए। आगामी दिनमा विभिन्न कार्यक्रम आयोजना गरी संगठनलाई गतिशील बनाउने निर्णयसमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *