वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १७, अलौं मा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव को घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सोही वडाबाट निर्वाचित वडाध्यक्ष शेखर छत्कुली, प्रभु हजरा सहित पार्टीका नेता कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो।
कार्यक्रममा स्थानीय बासिन्दाले दही खुवाएर यादवलाई विजयको आशीर्वाद दिएका थिए। एक सहभागीले भने, “यसपालि हाम्रो भोट सुर्यलाई, हाम्रो नेता रिमालाई!”
रिमा यादवले उपस्थित जनतासँग संवाद गर्दै भनिन्, “अबको पालो विकास र सुशासनको, अबको पालो समृद्ध पर्साको!” उनले क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी विकासका योजना प्रस्तुत गरिन्।






