Categories राजनीति

कृषि औजार कारखाना सञ्चालनमा ल्याउने पर्सा-१ उम्मेदवार सरार्फको घोषणा

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टी का उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उनले तराई मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यको नीति तथा व्यवहार किसानमैत्री नभएको टिप्पणी गरे। किसानमाथि विगतदेखि नै विभेद हुँदै आएको उल्लेख गर्दै उनले किसानको सम्मान, अधिकार र समृद्धिका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।

Advertisement

सरार्फले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन वृद्धि तथा आम्दानीका नयाँ अवसर सिर्जना गर्ने योजना प्रस्तुत गरे। साथै, वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने आफ्नो स्पष्ट प्रतिबद्धता दोहोर्‍याए।

Advertisement

उनले देश र मधेसको समग्र विकासका लागि पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउत सँग दूरदृष्टियुक्त योजना रहेको दाबी गर्दै मतदातालाई हर्न चिन्हमा मतदान गर्न आग्रह गरे।

कार्यक्रममा विभिन्न स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *