Categories राजनीति

सखुवापर्सौनी–१ मा एमाले उम्मेदवार रुपेश पाण्डेको घरदैलो अभियान निरन्तर

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवापर्सौनी गाउँपालिका वडा नम्बर–१ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार रुपेश पाण्डेले घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

वडा नम्बर–१ का दोहरी, औराहा, सखुवानी, सथवल र सिधपुर टोलहरूमा पुग्दै उम्मेदवार पाण्डेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

Advertisement

घरदैलोका क्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन मतदानमा सहभागी हुन मतदाताहरूसँग आग्रह गरेका छन्।

Advertisement

स्थानीयवासीले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना सुझाव तथा अपेक्षा राखेका थिए। उम्मेदवार पाण्डेले जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमालेले क्षेत्र नम्बर–३ मा जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै चुनावी प्रचारलाई थप प्रभावकारी बनाइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *