Categories समाचार

बागेश्वर धाम मा ३ सय गरिब कन्याको सामूहिक विवाह, धर्मपिता बने धीरेन्द्र कृष्ण शास्त्री

Advertisement

वीरगंज । महाशिवरात्रिको अवसरमा बागेश्वर धाम मा भव्य सामूहिक विवाह सम्पन्न भएको छ। यस वर्ष करिब ३ सय गरिब तथा असहाय कन्याको वैदिक विधिअनुसार विवाह गराइएको जनाउँदै शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्। कार्यक्रममा नेपालबाट समेत एक कन्या सहभागी भएको बताइएको छ।

दानपेटीबाट संकलित रकममार्फत सञ्चालन गरिएको यस अभियानअन्तर्गत धामका पिठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्री ले कन्याहरूको ‘धर्मपिता’ बनेर प्रति जोडी ३० हजार भारतीय रुपैयाँसहित आवश्यक घरायसी सामग्री र सुनचाँदीका गरगहना प्रदान गरेका छन्। हालसम्म १ हजार ६ सय ८० कन्याको धर्मपिता बनिसकेको दाबी गरिएको छ।

Advertisement

सातौँ संस्करणको यो कार्यक्रममा दुई महिनासम्म घर घर पुगेर छनोट गरिएका ३ सय कन्यामध्ये १ सय ८ आदिवासी समुदायका रहेका छन्। कलश यात्रा, मेहन्दी, हल्दी, जयमाला, हवन र सप्तपदीसहितका धार्मिक विधि सम्पन्न गरी नवविवाहित जोडीलाई भव्य भण्डारासहित विदाइ गरिएको थियो।

Advertisement

कार्यक्रममा ९ देशका राजदूत, साधु–सन्त, राजनीतिक नेतृत्व तथा हजारौँ भक्तजनको उपस्थिति रहेको आयोजकले जनाएको छ। साथै धामले सामाजिक सेवाअन्तर्गत २०२७ भित्र निःशुल्क उपचार सेवा दिने क्यान्सर अस्पताल निर्माण गर्ने योजना अघि बढाएको जानकारी पनि दिइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *