Categories राजनीति

जनमत उम्मेदवार सरार्फको पर्सा–१ मा घरदैलो, किसान सशक्तिकरण र कृषि आधुनिकीकरणमा जोड

वीरगञ्ज । फाल्गुन ४ गते, जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रामा घरदैलो र प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरे। उनले कृषक र कृषि आधुनिकीकरणमा जोड दिँदै तराई मधेसको मुख्य आय स्रोत कृषिको विकासमा सरकार र राज्यको भूमिका सुधार आवश्यक रहेको बताए।

सरार्फले किसानलाई आधुनिक प्रविधि र व्यवसायिक दृष्टिकोणबाट सशक्त बनाई आम्दानी बढाउने योजनामा जनमत पार्टी कटिबद्ध रहेको बताए। उनले वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै, देश र मधेसको प्रगतिमा डा. सिके राउत नेतृत्व र जनमत पार्टीको दृष्टिकोण महत्वपूर्ण रहेको औंल्याए।

Advertisement

उक्त कार्यक्रममा समर्थकहरूले वडा नम्बर–७ मा वडा स्तरीय प्रचार प्रसार कार्यालय पनि सञ्चालन गरेका छन्। कार्यक्रममा स्थानीय नेता बिध्याला प्रसाद, रम्भा मिश्रा, बिजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सि राम, सहनवाज राकि, अजित सिह, मन्जय शर्मा, सुमित सिह, रामबहादुर पासवान लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

सरार्फले आगामी निर्वाचनमा हर्न छापमा मतदान गरी पार्टीलाई विजयी बनाउन मतदातालाई आग्रह गर्दै विकास, कृषि आधुनिकीकरण, किसान सशक्तिकरण र मधेसको समग्र उत्थानमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *